एमालेको सचिवालय बैठक, ५ जना उपाध्यक्षहरूले आफ्ना कुरा राखे

काठमाडौं, ८ जेष्ठ । नेकपा एमालेको शुक्रबार बसेको सचिवालय बैठक सकिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठक केहीबेरअघि सकिएको हो ।
आजको बैठकमा ५ जना उपाध्यक्षहरूले आफ्ना कुरा राखेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

उनका अनुसार, सचिवालयका अन्य १२ जनाले भोलि आफ्ना कुरा राख्नेछन् ।

भोलि बिहान साढे ११ बजे अध्यक्ष ओलीकै निवासमा पुनस् सचिवालय बैठक बस्ने पनि भट्टले जानकारी गराए ।

‘कार्यविभाजनको विषयमा आज प्रवेश भएन । केही विषयमा संशोधन गरेर जानुपर्ला भन्ने कुराहरू योजनामै आउँदा हाम्रा कुरा राख्छौं भन्नुभएको छ,’ उनले भने, ‘भोलि साढे ११ बजे फेरि बैठक सुरु हुन्छ । भोलि १२ जना बाँकी छौं ।’

 

प्रतिक्रिया दिनुहोस्