एकै पटक १० वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं, ८ जेष्ठ । आज एकै पटक १० वटा संसदीय समितिको बैठक बस्दैछ।
जसअन्तर्गत दिउँसो ३ बजे बस्ने अर्थ समितिको बैठक बस्दै छ।
बैठकमा उपसमितिहरूबाट आर्थिक वर्ष २०८३र८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयहरू सहितको सुझाव पेश हुने कार्यसूची छ। दिउँसो २ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ।
बैठकमा समितिगत विषयमा छलफल हुनेछ।
त्यस्तै दिउँसो १ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ।
बैठकमा नेपाल कारागार तथा प्रहरी हिरासतमा रहेका कैदीबन्दी एवं थुनुवाहरुको मानव अधिकार सम्बन्धमा गृहमन्त्रालयसँग छलफल हुने कार्यसूची छ।
बिहान ९ बजे बस्ने भनिएको पूर्वाधार विकास समितिको बैठक दिउँसो २ बजे बस्ने तय भएको छ।
बैठकमा मध्यपूर्वमा जारी युद्धका कारणले सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्याबारे छलफल हुनेछ।
त्यस्तै दिउँसो १ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपाल सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका सम्बन्धमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रीसँग छलफल हुनेछ।
दिउँसो २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बनेपास्थित विस्थापित सुकुम्बासी होल्डिङ सेन्टरको अनुगमनबाट देखिएका विषयहरुका सम्बन्धमा पूर्वाधार विकास मन्त्रालयसँग छलफल, विपद् व्यवस्थापन सम्बन्धमा सरकारको पूर्व तयारीबारे छलफल हुनेछ।
त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सूचना तथा सञ्चार मन्त्रालयको विद्यमान अवस्था तथा भावी कार्ययोजनाको रहेको छ।
साढे २ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा महालेखापरीक्षकसँग बेरुजु फर्छ्यौट सम्बन्धमा छलफल हुनेछ।
त्यस्तै बिहान ११ बजे बस्ने विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी आ।व।२०८३र०८४ को बजेट तर्जुमाका सम्बन्धमा छलफल हुनेछ।
त्यस्तै दिउँसो ३ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको अनुगमन तथा मूल्यांकन समितिको बैठकमा समितिको कार्यविधि पारित गर्ने सम्बन्धमा, लैङ्गिक असमानता अध्ययन उपसमितिको हालसम्मको प्रगति विवरण सम्बन्धमा, अन्य उपसमिति गठनका विषयमा छलफल हुनेछ।




प्रतिक्रिया दिनुहोस्