राजधानीका विभिन्न सुन पसलमा गृह मन्त्रालयको छापा

काठमाडौं । सुन तस्करी प्रकरणको छानबिनका लागि गृह मन्त्रालयका सह–सचिव इश्वर पौडेल नेतृत्वको समितिले राजधानीका विभिन्न गहना पसलमा छापा मारेको छ ।

समितिका संयोजक पौडेलकै नेतृत्वमा राजधानीका विभिन्न गहना पसलमा छापा मारिएको हो । समितिले काठमाडौंको दरबारमार्ग र न्यूरोड (नयाँ सडक)मा सञ्चालित गहना पसलमा छापा मारेको हो ।

तस्करी गरेको सुन राजधानीका गहना पसलबाट नै बिक्री हुने गरेको भन्ने सूचनाका आधारमा मन्त्रालयको समितिले छापा मारेको हो । समितिले न्यूरोडमा रहेको आरके ज्वलेर्सलगायत गहना पसलमा छापा मारेको हो । आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य यसअघि नै पक्राउ परिसकेका छन् ।

केही गहना पसलबाट सुन बरामद गरिएको गृह मन्त्रालयको छानबिन समिति स्रोतले जानकारी दियो । स्रोतका अनुसार गहना पसलमा रहेको काचो सुन समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्