कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गरेर आफ्नो रेकर्ड आफैं तोडे

काठमाडौं, ३ जेष्ठ । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नो रेकर्ड आफैं तोडेका छन् । सोलुखुम्बु थामेका ५६ वर्षीय शेर्पाले आज बिहान १०ः१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको ३२औं पटक सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई तोडेका हुन् । उनी सेभेन समिट ट्रेकमार्फत चुचुरोमा पुगेका हुन् ।

सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण सुरु गरेका शेर्पाले सन् २०२६ सम्म आइपुग्दा निरन्तर रूपमा विश्व पर्वतारोहण समुदायलाई प्रेरित गर्दै आएको सेभेन समिट ट्रेकले जनाएको छ ।

‘कामी रिता शेर्पा केवल नेपालका राष्ट्रिय पर्वतारोहण नायक मात्र होइन, उहाँ सगरमाथाकै एक जीवित प्रतीकका रूपमा विश्वभर परिचित हुनुहुन्छ। उहाँको अदम्य साहस, अनुभव र निरन्तरताले हरेक वर्ष नयाँ पुस्तालाई प्रेरणा दिइरहेको छ।उहाँको सुरक्षित अवतरणको कामना गर्दै बेस क्याम्पसम्म सकुशल फर्किन शुभेच्छा व्यक्त गर्दछौँ। काठमाडौंमा पुनः स्वागत गर्न आतुर छौँ।’ सेभेन समिटले लेखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्