पूर्व उप-प्रधानमन्त्री कमल थापा प्रमुख अतिथि भएको कायक्रममा भाँडभैलो

काठमाडौं,२ जेष्ठ । पूर्व उप-प्रधानमन्त्री कमल थापा प्रमुख अतिथि भएको कायक्रममा भाँडभैलो भएको छ ।

आज ललितपुरमा पृथ्वी पथ प्रतिष्ठानद्वारा आयोजना गरिएको वैदिक सनातन हिन्दु अधिराज्य नेपाल विषयक विचार गोष्ठि कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रमको प्रमुख अतिथि थिए पूर्व उप-प्रधानमन्त्री कमल थापा ।

विचार गोष्ठि कार्यक्रममा पूर्वउप -प्रधानमन्त्री कमल तापा, भारतका लोकसभा सांसद डा.श्रीकान्त एकनाथ शिंदेले लगायतले हिन्दू सनातन हिन्दु राष्ट्र स्थापना गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

भारतका लोकसभा सांसद डा.श्रीकान्त एकनाथ शिंदले नेपाललाई प्राचीनकालदेखि नै ऋषिमुनिहरूको तपोभूमि मानिँदै आएको र यहाँको खुला र धार्किम संहिष्णुता भएको विचार व्यक्त गर्नु भएको थियो ।

भिक्षु आनन्दले पनि नेपालमा राजसंस्थासहितको सनातन हिन्दू राष्ट्रका बारेमा तपाई के भन्नुहुन्छ भन्ने प्रश्नको जवाफमा भिक्षु आनन्द भन्नुहुन्छ, नेपालको राष्ट्रिय पहिचान विशिष्ट एकता र सांस्कृतिक सुरक्षाका लागि राजसंस्था सहितको सनातन हिन्दु राष्ट्र आवश्यक छ, दलगत राजनीतिभन्दा माथि उठेको एउटा स्थायी संस्थाले मात्र देशको सार्वभौमिकता र सनातन संस्कृतिको रक्षा गर्न सक्छ, त्यसैले नेपालमा पुन राजसंस्थाको पुनर्बहाली हुनु आवश्यक छ।’
त्यसै कायक्रमकाबीच हलका केहि व्यक्तिहरुले प्रमुख अथिति रहेका कमल थापालाई राजसंस्था र हिन्दु राष्ट्रको विषय, नेकपा एमालेको सूर्य चिन्ह बाट चुनावमा लडेको कुरा बारेमा प्रश्न गर्दा थापा शसंकित भई प्रश्नको जवाफ नै नदिई कार्यक्रम स्थलबाट बाहिरिने प्रयास गरेपश्चात हलमा भाँड भैलो, नाराजुलुस भएको थियो । यसैबिच कमल थापा र कहि जेनजी युवाहरुबिच धकाल धकाल पनि भइका थियो ।
सो कार्यक्रमको औपचारिक समापन समेत नभई सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्