नयाँ विद्यार्थीलाई स्वागत गर्दै काठमाडौँ इङ्लिस स्कुल, विद्यार्थी, शिक्षक र अभिभावकबीचको सम्बन्ध अझ प्रगाढ
काठमाडौं, १ बैशाख । काठमाडौँ इङ्लिस स्कुलले शैक्षिक सत्र २०८३ मा नर्सरीदेखि कक्षा ९ सम्म भर्ना भएका नयाँ विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष स्वागत कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा नयाँ विद्यार्थीहरूलाई विद्यालयको वातावरणसँग घुलमिल गराउने, विद्यालयका नीति–नियमबारे जानकारी दिने तथा पुराना विद्यार्थीहरूसँग आत्मीय सम्बन्ध विकास गराउने उद्देश्य राखिएको विद्यालयका प्रधानाध्यापक दिनेश खतिवडा जानकारी गराए ।
विद्यालयका अध्यक्ष ईश्वर पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका सल्लाहकार प्रल्हाद दाहाल , डाइरेक्टरहरू विष्णु पराजुली, महेश थापा,मेघराज बजगाईं, प्रधानाध्यापक दिनेश खतिवडा, सहायक प्रधानाध्यापक प्रवीण भण्डारी तथा प्रि–प्राइमरी इन्चार्ज सुमिता घोस लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा यस वर्ष भर्ना भएका करिब १०० जना नयाँ विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो। विद्यार्थीहरूलाई अध्यक्ष ईश्वर पुडासैनी, सल्लाहकार प्रल्हाद दाहाल तथा प्रधानाध्यापक दिनेश खतिवडाले संयुक्त रूपमा स्वागत तथा सम्मान गरेका थिए।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक दिनेश खतिवडाले विद्यालयले हरेक वर्ष नयाँ विद्यार्थीहरूलाई विद्यालयको वातावरणमा सहज रूपमा अभ्यस्त गराउन यस्ता कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए। उनले विद्यार्थीहरूलाई अनुशासन, संस्कार र गुणस्तरीय शिक्षासँग जोड्दै सकारात्मक शैक्षिक वातावरण निर्माण गर्न विद्यालय प्रतिबद्ध रहेको बताए।
विद्यालयका अध्यक्ष ईश्वर पुडासैनीले विद्यालय नयाँ संरचना सहित अगाडि बढे पनि विद्यार्थीहरूलाई “नयाँ विद्यालय” भन्ने अनुभूति नहुने गरी सहज, पारिवारिक र मैत्रीपूर्ण वातावरण सिर्जना गरिएको बताए। उनले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै व्यावहारिक र संस्कारयुक्त शिक्षामा विद्यालयले विशेष ध्यान दिएको उल्लेख गरे।
त्यसैगरी सहायक प्रधानाध्यापक प्रविण भण्डारीले काठमाडौं इङ्लिस स्कुल कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको रूपमा स्थापित हुँदै गएको बताए । अभिभावकहरूको आर्थिक अवस्थालाई मध्यनजर गर्दै विद्यालयले शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगरी सेवा प्रदान गरिरहेको उनले जानकारी दिए।
विद्यालयका अध्यक्ष ईश्वर पुडासैनीले यस वर्षदेखि विद्यालयले नयाँ संरचना तथा आधुनिक भौतिक सुविधासहित शैक्षिक गतिविधिलाई थप व्यवस्थित रूपमा अगाडि बढाएको उल्लेख गर्दै अभिभावकहरूबाट विद्यालयले सकारात्मक प्रतिक्रिया र उत्साहजनक साथ पाइरहेको बताए।
कार्यक्रममा नयाँ एवं विद्यार्थी र शिक्षकहरूको सहभागिता रहेको थियो। विद्यालयले आगामी दिनमा पनि विद्यार्थी केन्द्रित र संस्कारमुखी शिक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रमले विद्यार्थी र शिक्षक र अभिभावकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास छ ।












प्रतिक्रिया दिनुहोस्