सार्वजनिक खर्चमा मितव्ययीता अपनाउन प्रधानमन्त्री कार्यालयको निर्देशन
काठमाडौं, १ जेष्ठ । प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगरी सार्वजनिक खर्चमा मितव्ययीता अपनाउन निर्देशन दिएको छ ।
सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सबै प्रदेशलाई अत्यावश्यक बाहेकका सामान नकिन्न परिपत्र गरेको हो ।
परिपत्रमा भनिएको छ, ‘कार्यालय प्रमुखहरुले अत्यावश्यक बाहेक नयाँ सामग्रीहरु खरिद नगरी कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, सवारी साधनहरुलाई चालु अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्यी गर्नु गराउन हुन निर्णयानुसार अनुरोध छ ।’
कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापट लगायतका सामग्रीहरु प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मर्मतमा अस्वाभाविक खर्च गरी राज्यकोषमा अत्यधिक भार सिर्जना गर्ने कार्य भइरहेको गुनासो आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्