यस्तो छ, मन्त्रालयहरुको पुनर्संरचनाअनुसार मन्त्रीहरूको जिम्मेवारी
काठमाडौं, ३१ बैशाख । सरकारले मन्त्रालयहरूको संख्या घटाएपश्चात मन्त्रीहरुको जिम्मेवारी फेरि एकपटक हेरफेर गरेको छ । मन्त्रालयहरू १८ मा झारिएसँगै त्यसबमोजिम कार्यविभाजन गरिएको हो ।
यसअघि मन्त्रीहरूले पाएको जिम्मेवारी मन्त्रालय खारेज नभएको वा नगाभिएको हकमा यथावत राखिएको छ । नयाँ गठन गरिएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले आफैंसँग राखेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रविधि झिकेर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय बनाइएको हो ।
प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय र गृह मन्त्रालयको जिम्मेवारी पनि आफैँसँग राखेका छन् । रक्षा सुरुबाटै प्रधानमन्त्रीकै मातहतमा थियो । गृहबाट सुधनले राजीनामा दिएपछि प्रधानमन्त्री आफैँले लिएका हुन् । यसरी प्रधानमन्त्रीले थप तीनवटा मन्त्रालय आफैंले राखेका छन् ।












प्रतिक्रिया दिनुहोस्