नेपाल लघुबित्त बैंकर्स संघको अध्यक्षमा पुनः यादव, लघुवित्तलाई वाणिज्यसँग तुलना गर्न हुँदैन
काठमाडौं, २८ बैशाख । नेपाल लघुबित्त बैंकर्स संघको अध्यक्षमा पुनः राम बहादुर यादव निर्बिरोध निर्वाचित भएका छन् ।
संघीय राजधानी काठमाडौंमा सोमबार सम्पन्न संघको १९ औं साधरण सभाले नेशनल लघुबित्त बित्तीय संस्थाका प्रमुख कार्यकरी अधिकृत यादवलाई पुनः अध्यक्षमा निर्बिरोध निर्बाचित गरि दोस्रो कार्याकालका लागि जिम्मेवारी दिएको हो ।
संघको नयाँ कार्यसमितिका अन्य पदाधिकारीहरू पनि सर्वसम्मत रूपमा चयन भएका छन्। जसमा उपाध्यक्षमा दीपक निधि तिवारी निर्वाचित भएका छन्। उनी छिमेक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन्। त्यस्तै, महासचिवमा सञ्जय कुमार मण्डल चयन भएका छन्। मण्डल जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन्।
संघको कोषाध्यक्षमा विनोद आचार्य तथा सचिवमा शिव प्रसाद ज्ञवाली निर्वाचित भएका छन्। आचार्य हिमालयन लघुवित्त वित्तीय संस्थाका सीइओ हुन् भने ज्ञवाली आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन्।
त्यसैगरी, संघको सदस्य पदमा विभिन्न लघुवित्त संस्थाका सीइओहरु चयन भएका छन्। सदस्यहरूमा आशा लघुवित्तका सीइओ बद्री प्रसाद दुलाल, उपकार लघुवित्तका शारदा कुमारी खत्री, आत्मनिर्भर लघुवित्तका सोगत वीर चौधरी, ग्लोबल आइएमई लघुवित्तका हरिकृष्ण जोशी, सामुदायिक लघुवित्तका दिलिप पोखरेल तथा महुली लघुवित्तका सरोज कुमार सिंह रहेका छन्।
नवनिर्वाचित अध्यक्ष यादवले लघुवित्त क्षेत्रप्रति पछिल्लो समय बढ्दै गएको चुनौतीलाई एकताबद्ध रूपमा सामना गर्दै संस्थागत सुशासन, वित्तीय अनुशासन तथा सेवाको प्रभावकारिता बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले ग्रामीण तथा विपन्न वर्गसम्म वित्तीय पहुँच विस्तार गर्दै लघुवित्त क्षेत्रलाई थप व्यवस्थित र विश्वासिलो बनाउने दिशामा संघले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
साधारणसभामा लघुवित्त क्षेत्रको वर्तमान अवस्था, वित्तीय पहुँच विस्तार, डिजिटल सेवाको प्रवर्द्धन तथा नियामकीय सुधारलगायत विषयमा पनि विभिन्न वक्ताहरुले आ आफ्नो धारणा व्यक्त गरेका थिए ।











प्रतिक्रिया दिनुहोस्