एसईई को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी पास

काठमाडौं, २८ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई को नतिजा सार्वजनिक गरेको । परीक्षा नियन्त्रक टुकराज अधिकारीले अहिले ९ः२० बजे नतिजा सार्वजनिक गरेको हो ।

पाप्त नतिजा अनुसार २ लाख ८४ हजार १ सय साठी जना पास भएका छन् । एनजी १४८६०७ रहेको छ । जम्मा ६५.९८ प्रशित विद्यार्थी पास भएका छन् ।
एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो ।

यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए ।

जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् ।

कसरी हेर्ने नतिजा  ?

एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका

–नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
–जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
–एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)

वेबसाइटबाट कसरी ?

–आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np
–नेपाल टेलिकम: www.see.ntc.net.np
–कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
–इडियु सञ्जाल: www.see.edusanjal.com
–खल्ती: https://khalti.com/app

 

प्रतिक्रिया दिनुहोस्