हराएका ६५ थान मोटरसाइकल ट्राफिक प्रहरीले धनीलाई हस्तान्तरण
काठमाडौंं, २७ बैशाख । काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुबाट हराएका ६५ थान मोटरसाइकल ट्राफिक प्रहरीले धनीलाई हस्तान्तरण गरेको छ ।
उपत्यकाका विभिन्न ठाउँहरुबाट विभिन्न मितिमा हराएका दुई पांग्रे सवारी ९मोटरसाइकल र स्कुटर० काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले फेला पारेर धनीलाई हस्तान्तरण गरेको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख तथा एसएसपी नवराज अधिकारीले आइतबार एक कार्यक्रमकाबीच सवारी हस्तान्तरण गरे । हराएका सवारी फेला परेपछि खुसी व्यक्त गर्दै सवारी धनीले ट्राफिकलाई खादा लगाउँदै लड्डुसमेत खुवाए ।
ट्राफिकले करिब ३० लाख मूल्य पर्ने मोटरसाइकल समेत भेट्टाएर धनीलाई हस्तान्तरण गरेको थियो । बबरमहलबाट हराएको अप्रिला कम्पनीको करिब ३० लाख रुपैयाँ मूल्य पर्ने मोटरसाइकल फेला पारेर बुझाइएको ट्राफिक प्रहरीले बताएको छ ।
अलिंक लामिछानेको उक्त मोटरसाइकल कालोपुलमा भेटिएका ट्राफिक प्रहरीका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए । मोटरसाइकल धनी लामिछानेले उक्त मोटरसाइकल ३० लाखमा खरिद गरेको बताएका छन् ।
सवारी चोरी गर्ने क्रम बढेको भन्दै ट्राफिकले ह्विल लक लगाउन, जीपीएस तथा साइरन जोड्न समेत सवारी धनीलाई अनुरोध गरेको छ ।











प्रतिक्रिया दिनुहोस्