स्थानीय तहमा नै कम्पनी दर्ता गर्न र शेयर खरिद गरी स्वामित्व लिन सक्ने बाटो खुला

काठमाडौं, २६ बैशाख । सरकारले कम्पनी दर्तालाई सहज बनाउनका लागि स्थानीय तहलाई नै कम्पनी दर्ता गर्न र शेयर खरिद गरी स्वामित्व लिन सक्ने बाटो खुला गरेको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले स्थानीय तहहरूलाईकार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न स्थानीय तहहरूबाट सौर्य ऊर्जा लगायतका क्षेत्रमा कम्पनी स्थापना र शेयर लगानीका लागि अनुरोध भई आएको सन्दर्भमा यस्तो निर्णय गरिएको जनाएको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयको निर्णयअनुसार अब स्थानीय तहले प्रचलित कानुन बमोजिम निश्चित सर्तहरू पुरा गरी कम्पनी दर्ता गर्न र शेयर खरिद गरी कम्पनीको स्वामित्व लिन सक्ने थप व्यवस्था गरिएको छ । यसले कम्पनी दर्ताका लाथि केन्द्रमा धाउनुपर्नृे वाध्यताको अन्त्य भएको छ ।

स्थानीय तहले कम्पनी दर्ता वा शेयर खरिद गर्नुअघि देहायका सर्तहरू पालना गर्नुपर्ने सूचनामा उल्लेख छः

१, स्थानीय तहले यस सम्बन्धमा आफ्नै कानुन बनाएर निर्णय गर्नुपर्नेछ ।

२, कम्पनी ऐन, २०६३ र सम्बन्धित अन्य प्रचलित कानुनहरू बमोजिम प्रक्रिया पुरा गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्