यो वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने र गर्मी बढ्ने प्रक्षेपण
काठमााडौंं, २५ बैशाख । जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ । आज यो वर्षको मनसुन आंकलन सार्वजनिक गर्दै विभागले गत वर्षहरु भन्दा यो वर्ष देशका विभिन्न क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको हो ।
यो वर्ष अधिकतम तथा न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गर्मी बढी हुने सम्भावना देखिएको छ ।
कर्णाली प्रदेशका उत्तरी भू–भाग तथा कोशी प्रदेशका उत्तरी भू–भागमा सरदर वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै कर्णाली प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश भू–भाग, मधेश प्रदेशका पूर्वी भू–भाग र कोशी प्रदेशका दक्षिणी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म रहेको छ ।
सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भाग, मधेश प्रदेशका पश्चिमी भू–भाग र कोशी प्रदेशका मध्य भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म रहेको महाशाखाको भनाइ छ ।












प्रतिक्रिया दिनुहोस्