सिभिल बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण
काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिशु विद्याश्रम माध्यामिक विद्यालय, राईनास, लमजुङलाई आज एक कार्यक्रममा ९ थान कम्प्युटर प्रदान गरेको छ ।
उक्त कम्प्युटरहरु सिभिल बैंकका सोहि क्षेत्रका क्षेत्रीय प्रबन्धक दूर्गा राज पाण्डेयद्वारा शिशु विद्याश्रम माध्यामिक विद्यालयका ब्यवस्थापन सािमतिका अध्यक्ष शेर बहादुर अधिकारीलाई हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा विद्यालयका संचालक समितिका पदाधिकारी, विद्यार्थी, अभिभावकहरु तथा सो क्षेत्रका उद्योगी, व्यवसायी, समाजसेवी लगायत गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।
गुणस्तरिय शिक्षा नै समृद्धिको आधार भएको कुराको मनन गर्दै शिशु विद्याश्रम माध्यामिक विद्यालय, राईनास, लमजुङलाई कम्प्युटर हस्तान्तरण गरेको कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताए ।















प्रतिक्रिया दिनुहोस्