आज पनि सुनचाँदीको भाउ बढ्यो
काठमाडौं, २४ बैशाख । बिहीबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९६ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै गत बिहीबार २ लाख ९२ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको भाउ आज तोलामा १०० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १५५ रुपैयाँ पुगेको छ । गत बिहीबार चाँदी प्रतितोला ४ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।











प्रतिक्रिया दिनुहोस्