ग्रामीण वित्तीय प्रणाली कार्यक्रम सम्पन्न
काठमाडौं । स्वावलम्बन विकास केन्द्र तथा ग्रामिण ट्रस्ट, बंगलादेशको संयुक्त आयोजनामा दुई दिने ग्रामीण वित्तीय प्रणाली कार्यक्रम सम्पन्न भएको छ ।
काभ्रेको धुलिखेलमा आइतबार कार्यक्रमको उद्घाटन गर्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले गरीबको सामाजिक र आर्थिक विकास गर्ने उद्देश्यले स्थापित लघुवित्त क्षेत्रको आधार बलियो बनाउनु पर्नेमा जोड दिए । उनले लघुवित्त क्षेत्रको आधार बलियो बनाउन यस क्षेत्रको आधारभूत मूल्य मान्यतालाई आत्मसात गरी अगाडी बढ्नुपर्नेमा जोड दिए ।
उनले ग्रामीण मोडलमा संचालित नेपालका लघुवित्त वित्तीय संस्थाहरुको संख्यात्मक बृद्धिसंगै यस क्षेत्रमा विभिन्न समस्याहरु देखापर्न थालेको बताउँदै सेवामूखि हुनुपर्नेमा अहिले देखिएको नाफामुखी होडबाजीले लघुवित्त क्षेत्रको छवी बिग्रदै गएकोे तर्क गरे । बंगलादेशमा चार दशक भन्दा बढी अवधिदेखि संचालित ग्रामीण बैंक हाल पनि लघुवित्तको आधारभूत सिद्धान्त र मूल मर्मको अनुशरण गरिरहेको उनले बताए ।
कार्यक्रममा नेपालका ३७ वटा लघुवित्त संस्थाका ४६ जना पदाधिकारीहरुको सहभागिता थियो । नेपालका विभिन्न लघुवित्त संस्थाहरुका प्रतिनिधिहरुलाई ग्रामीण वित्तीय प्रणाली बंगलादेशको बारेमा जानकारी गराउन ग्रामीण बैंक र ग्रामिण ट्रस्ट बंगलादेशका वरिष्ठ विज्ञहरु रतनकुमार नाग र मिर हुसेन चौधरीले आफ्नो अनुभव साटासाट गरे ।
उक्त कार्यक्रममा सहभागीहरुबाट लघुवित्त क्षेत्रमा देखिएका समस्याहरुलाई सुधार गरी सुढृढ लघुवित्त क्षेत्रको सम्वद्र्धनका लागि ९ बुँदे सहमती पारित समेत गरिएको छ ।
कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले “Building Pathways to Strengthen the Microfinance Sector” कार्यक्रम प्रतिवेदनको विमोचन गरे । उनले लघुवित्तले गरिबी निवारण र महिला सशक्तिकरणमा पुयाएको योगदानको सराहना गरे । लघुवित्तमा देखिएका कमी कमजोरीहरुलाई सुधार गरी सामाजिक उत्तरदायित्व मार्फत प्रतिनिधित्व गर्नु पर्ने कुरामा जोड दिए ।















प्रतिक्रिया दिनुहोस्