प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
काठमाठडौं, २२ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी बैठक बोलाएका हुन्।
सरकारले सिफारिस गरेका ८ वटै अध्यादेश राष्ट्रपतिले रामचन्द्र पौडेलले जारी गरेलगत्तै प्रधानमन्त्रीले बैठक डाकेका हुन्। मन्त्रिपरिषद्को बैठक हिजो पनि बसेको थियो।
आज बस्ने बैठकले संसद् अधिवेशन आह्वान गर्न सिफारिस गदयत अन्य निर्णहरु गर्नसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।











प्रतिक्रिया दिनुहोस्