राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी
काठमाठडौं, २२ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन्।
यसअघि राष्ट्रपति पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश पुनर्विचार गर्नू भन्दै फिर्ता पठाएका थिए। सोमबार फेरि सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।
प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मंगलबार राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पुनर्विचार गर्नू भन्दै आइतबार फिर्ता पठाइदिएका थिए ।
उनले मुख्य गरी यो अध्यादेशमा गरिएको व्यवस्था संविधान तथा कानुनको मर्म अनुसार नभएको भन्ने प्रश्न उठाउँदै फिर्ता गरेका थिए ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार ६ जना सदस्य रहेको संवैधानिक परिषदमा प्रधानमन्त्री सहित ३ जनाले मात्र निर्णय गर्न सक्ने व्यवस्था अध्यादेशमा थियो। त्यस्तै, ४ जना मात्र उपस्थित भए पनि गणपुरक संख्या पुगेको मानेर बैठक बस्न सक्ने व्यवस्था गरिएको थियो।
ु६ जनामा प्रधामन्त्रीसहित ३ जनाले निर्णय गर्न सक्ने कुरा छ। गणपुरक संख्या ४ जनाको हुने भनिएको छ,ु राष्ट्रपति कार्यालय स्रोतले भन्यो।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार उक्त अध्यादेशमा राष्ट्रपतिले उठाएको सबभन्दा ठूलो प्रश्न यही हो।





















प्रतिक्रिया दिनुहोस्