चिकित्सक संघको नयाँ नेतृत्व चयनका लागि मत गणना सुरु

काठमाडौं, २१ बैशाख । नेपाल चिकित्सक संघको नयाँ नेतृत्व चयनका लागि मत गणना भइरहेको छ । अहिले उपत्यका बाहिर गणना सकेर उपत्यका बाहिरको मत गन्ने काम भइरहेको छ । ४ हजार ४४२ मत गणना हुँदा अध्यक्षदेखि सदस्यसम्मका अधिकांश पदमा थोरै मतअन्तर देखिएको छ ।

अध्यक्ष पदमा डा। मंगल रावल अग्रस्थानमा छन् । रावलले १ हजार९५४ मत पाएका छन् । उनका प्रतिस्पर्धी डा। बद्री रिजालले १ हजार ९२१ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका डा। नारायण प्रसाद भुसालले ५१७ मत पाएका छन् ।

वरिष्ठ उपाध्यक्षतर्फ कडा प्रतिस्पर्धा छ । डा। सञ्जीव तिवारीले १ हजार ७५९ मत सहित अग्रस्थानमा रहँदा डा। कीर्तिपाल सुवेदीले १ हजार ४६८ मतले पछ्याइरहेका छन् ।

महासचिव पदमा डा। विश्वराज दवाडी १ हजार ६३० मतसहित अगाडि छन् । डा. कालु सिंह खत्रीले १ हजार ५९३ मतसहित दोस्रो स्थानमा छन् ।

कोषाध्यक्ष पदमा डा। संयुक्ता आचार्यले १ हजार ८५३ मत ल्याएर पहिलो स्थानमा छन् । डा। आचार्यलाई डा। चाँदनी जैसवालले पछ्याइरहेकी छिन् । जैसवालले १ हजार ३७१ मत पाएकी छिन् ।

सहसचिवमा डा। हुलास अग्रवाल २ हजार २७२ पहिलो स्थानमा छन् । अहिलेसम्मको मत गणना हुँदा अग्रवालले नै सबैभन्दा बढी मत ल्याएका छन् । सहसचिवको दोस्रो स्थानमा डा। रामजीवन प्रसादले १ हजार ७९ मत ल्याएका छन् ।

सहकोषाध्यक्षमा डा. तेज्सु सिंह मल्लले १ हजार ९८४ मत ल्याएर अग्रता कायम गरेका छन् ।

सदस्य पदतर्फ डा। अमित झा, डा।रोकश शाह, डा। सुमित काफ्ले,डा। शेषराज घिमिरेलगायत उम्मेदवारहरू शीर्ष स्थानमा छन् । कुल ६ सदस्य चयन हुने व्यवस्था रहेको छ ।

निर्वाचनमा काठमाडौं उपत्यका र उपत्यका बाहिरको गरी कुल ७ हजार १०१ भोट खसेको थियो । यो कुल सदस्य संख्याको ४४।१० प्रतिशत हो । नेपाल चिकित्सक संघको निर्वाचन समितिका अनुसार मतदान गर्न यसपटक कुल १६ हजार १०० चिकित्सक योग्य थिए ।

मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ । प्रतिस्पर्धा अधिकांश पदमा कडा देखिएकाले अन्तिम परिणामसम्म रोचकता कायम रहने देखिन्छ । यसभन्दा अगाडिका चुनावमा प्यानगत भोट आउने गरेको र मतको पनि ठूलो अन्तर देखिने गरेको छ । तर संघको ३०औं कार्यकारिणीका भएको चुनावमा दृश्य फरक देखिएको छ । उम्मेदवारगत भोट जाँदा जित र हार थोरै मतअन्तरले हुने देखिन्छ ।

वर्षौँदेखि राजनीतिक छायामा हुँदै आएको संघको चुनाव यसपटक नयाँ शैलीमा देखिएको थियो । परम्परागत राजनीतिक पहिचानभन्दा फरक ढंगले ‘टिम’ को नाममा चुनावी मैदानमा उत्रिएका थिए । चुनावमा टिम बद्री, टिम मंगल र टिम रिफर्म ९नारायण० नेतृत्वका तीन प्यानल बनाएर चुनावमा होमिएका थिए । यसअघि संघको चुनाव राजनीतिक दलहरूको छायामा हुने गरेको थियो । नेपाली कांग्रेससँग निकट मानिने चिकित्सकहरूले ‘प्रजातान्त्रिक’ नामको प्यानल बनाउँथे । कम्युनिस्ट विचारधारासँग निकट चिकित्सकहरूले ‘प्रगतिशील’ प्यानल खडा गर्थे । यद्यपि, प्यानलभित्रका नेतृत्व र उनीहरूको पृष्ठभूमि हेर्दा राजनीतिक झुकाव पूर्ण रूपमा हराइसकेको भने होइन ।

अध्यक्ष – १ सिट

१। डा। मंगल रावल — १९५४

२। डा। बद्री रिजाल — १९२१

३। डा। नारायण प्रसाद भुसाल — ५१७

वरिष्ठ उपाध्यक्ष – १ सिट

१। डा। सञ्जीव तिवारी – १७५९

२। डा। कीर्तिपाल सुवेदी — १४६८

३। डा। अजय कुमार मिश्र — १००४

महासचिव – १ सिट

१। डा। विश्वराज दवाडी — १६३०

२। डा। कालु सिंह खत्री — १५९३

३। डा। अमृत भुसाल — १०२५

उपाध्यक्ष ९प्रदेश संयोजक०

कोशी प्रदेश

१। डा। रोशन खड्का — १९०८

२। डा। टंकाप्रसाद बराकोटी — १४०५

३। डा। हरिशंकर कार्की — ५६६

मधेश प्रदेश

१। डा। अमित रञ्जन मिश्र — १९९०

२। डा। उदयनारायण सिंह — १३४७

३। डा। मोहम्मद अनामुल हक — ५८२

बागमती प्रदेश

१। डा। सुवास भट्टराई — १५३८

२। डा। अरुण शाही — १२३०

३। डा। अकानन्द सिंह — ८६२

४। डा। रुबास नाथ योगी — ४२०

गण्डकी प्रदेश

१। डा। यज्ञराज सिग्देल — १९९९

२। डा। नवराज लाम्दारी — १७५६

लुम्बिनी प्रदेश

१। डा। नन्दा कुमार गुरुङ — १७९७

२। डा। सन्तोष पोखरेल — १४५७

३। डा। लक्ष्मण शर्मा — ७०४

कर्णाली प्रदेश

१। डा। रबिन खड्का — १५६६

२। डा। सरोज गिरी — १५४९

३। डा। अनुप मंगल समाल — ७०१

सुदूरपश्चिम प्रदेश

१। डा। प्रमोद जोशी —२०९०

२। डा। निरज अर्याल — १६९९

कोषाध्यक्ष – १ सिट

१। डा। संयुक्ता आचार्य — १८५३

२। डा। चाँदनी जैसवाल — १३७१

३। डा। विनोद कुमार महसेठ — ६९७

सहसचिव – १ सिट

१। डा। हुलास अग्रवाल — २२७२

२। डा। राम जीवन प्रसाद — १०७९

३। डा। सन्तोष अधिकारी — ७४८

सहकोषाध्यक्ष – १ सिट

१। डा। तेज्सु सिंह मल्ल — १९८४

२। डा। सुवास गुरुङ — १४९८

३। डा। राजकुमार दंगल — ५३०

सदस्य – शीर्ष १०

१ डा। अमित झा – १९१८

२। डा।राकेश साह – १८२५

३। डा। सुमित काफ्ले – १६७१

४ डा। शेषराज घिमिरे – १५९८

५ डा। हिमाल भण्डारी – १५९५

६। डा। पल्पसा श्रेष्ठ – १५५८

७। डा। अरुण उप्रेती – १५४२

८। डा। सुमेध मिश्र – १३९५

९। डा। बिना श्रेष्ठ – १३८५

१०। डा। आरती साह – १११०

प्रतिक्रिया दिनुहोस्