सुनको मूल्य घट्यो, चाँदीको मूल्यमा भारि वृद्धि
काठमाडौं, २१ बैशाख । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा भारि वृद्धि भएको छ । यस दिन सुन प्रतितोला ३०० रुपैयाँ घटेको छ। चाँदी तोलामा २० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आईतबारको बजारमा सुन प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस दिन चाँदी प्रतितोला पाँच हजार ३० रुपैयाँ खरिदबिक्री भइरहेको छ। गत आईतबारको बजारमा चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँ खरिदबिक्री भएको थियो।











प्रतिक्रिया दिनुहोस्