सशस्त्र प्रहरी बलका आईजीपी नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाए

काठमाडौं, २१ बैशाख । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाएका छन् ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव राजकुमार श्रेष्ठले दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक ९एआईजी० पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) मा बढुवा गर्ने निर्णय गरेको थियो । १८ वैशाखबाट तत्कालीन आईजीपी राजु अर्याल अवकास भएपछि पौडेलले सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्