अपहरणपछि नाबालकको हत्या

काठमाडौं । गत शनिबार राति अपहरणमा परेका एक नाबालकको हत्या भएको अवस्थामा शव फेला परेको छ । उनको शव आज विहान पूर्व गढीमाई नगरपालिका वडा ३ र ५ बागमती नदी किनारको बगरबाट प्रहरीले फेला पारेका हुन् ।

रौतहटमा कटहरिया नगरपालिका–९ डुुमरिया गाउँका स्वास्थ्यकर्मी अहेव दिलीप साहका १२ वर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ ।

मृतकको घर कटहरिया–९ देखि झण्डै ३० किलोमिटर पूर्व गढीमाई नगरपालिका वडा ३ र ५ बागमती नदी किनारको बगरबाट उनको शव बरामद गरिसकेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक चतुुर्भुुज ओझाले जानकारी दिए ।

टाउकोमा चोटको लागे अनुसार लाठी अथवा काठले टाउकोमा हानेर उनको हत्या हुनसक्ने प्रारम्भिक अनुुमान रहेको प्रहरी निरीक्षक ओझाले बताए ।

अपहरण तथा हत्याको आरोपमा प्रहरीले पाँच जना स्थानीयलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताउनुुभयो ।

पक्राउ परेकाको बयानको आधारमा नाबालकको शव बरामद गरिएको प्रहरी नायब उपरीक्षक दानीले जानकारी गराउनुुभयो ।

हत्याको कारण भने खुुल्न नसकेको तथा घटनाबारे अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको छ ।

शनिबार राति नाबालक युुवराज साह खान पिन गरेर आफ्नै घरमा सुुतिरहेका थिए । आईतबार बिहान ढिलै गरी उनका दाजुु निरञ्जन साह मोबाइल खाज्दै भाइ सुुतेको कोठाभित्र जाँदा मोबाइलसँगै युुवराज बेपत्ता भएको चाल पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्