दोलखाको लादुकमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, अन्य आठजना घाईते
दोलखा । दोलखाको लादुकको खहरे भन्ने स्थानमा आईतबार जीप दुर्घटना हुँदा दुई जनाको मृत् जयु भएको छ, भने चालकसहित अन्य आठ जना घाइते भएका छ ।
जीप दुर्घटना परि मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय दोलखाकाले जानकारी दिएको छ ।
बा १४ च १६८१ नम्बरको बोलेरो सिङटीबाट लादुक हुँदै बुलुङ जाने क्रममा लादुकको खहरे भन्ने स्थानमा आइतवार साँझ भएको सो दुर्घटनामा चालकसहित आठ जना घाइते भएको जानकारीमा छ ।
घाइतेको सिङटीको अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
दुर्घटनाबारे अनुसन्धान खुलेको छैन र अनसन्धानको क्रममै रहको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्