आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने प्रक्षेपण

काठमाडौं, १५ बैशाख । चालु आर्थिक वर्ष २०८२/८३ मा देशको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमान छ । गत आर्थिक वर्षमा ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर रहेर अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुगेको थियो ।

कार्यालयले चालु आवका ६–८ महिनाका रियल डेटा र बाँकी चार महिनाको अनुमानका आधारमा आर्थिक वृद्धिदरको अनुमान सार्वजनिक गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्