एभरेष्ट बैंकले घोषणा गर्यो ३४.७४ प्रतिशत लाभांश

काठमाडौं । एभरेष्ट बैंकले गतबर्षको मुनाफाबाट ३४.७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ३३ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.७४ प्रतिशत नगद लाभांस वितरण गर्ने घोषणा गरेको हो।

बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताहरुले पाउनेछन् ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ११ करोड ५२ लाख रुपैयाँ छ । बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब १३ करोड नाघ्नेछ ।

बैंकले गत आर्थिक बर्षमा ७० प्रतिशत बोनस वितरण गरेर र ३३ प्रतिशत हकप्रद बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्