सुन र चाँदी दुवैको मूल्य वृद्धि

काठमाडौं, १३ बैशाख ।  नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। यस दिन सुन प्रतितोला एक हजार ३०० रुपैयाँ र चाँदी तोलामा ५० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आईतबारको बजारमा सुन प्रतितोला दुई लाख ९९ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्लो समय चुनचाँदीको मूल्य निरन्तर बढेको छ ।

यस दिन चाँदी प्रतितोला पाँच हजार ४५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। आईतबारको बजारमा चाँदी प्रतितोला चार हजार ९९५ रुपैयाँ खरिदबिक्री भएको थियो।

प्रतिक्रिया दिनुहोस्