सडकको दुरावस्था, तालमा परिणत भयो मुलसडक (फोटो फिचर)

काठमाडौं । यो दृष्य हो काठमाडौं पुरानो सिनामंगल स्थित पेप्सिकोला मुल सडकको । यस सडकमा एक महिना अघिदेखि यो दुरावस्था हुँदा पनि राज्य र सम्वन्धीत निकायको ध्यान जान सकेको छैन ।

मुल सडकमा गुडेको सवारीसाधन र मानिसहरु हिलाम्य भएका छन् । सवारी साधनको इन्जिन बन्द हुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । यो सडकलाई हेर्दा पानीको ताल हो या मुल सडक अनुमान गर्न गाह्रो पर्छ । पानीको तालको गहीराई कत्ति छ, पत्तो छैन । यसप्रति राज्य र सरोकारवाला निकाय मौन छन् । यसरी अत्यधिक चाप रहेको यस मुल सडकको दुरावस्था हुँदा पनि राज्य र सम्बन्धीत निकायको ध्यान र चासो नदिएको भन्दैै स्थानीय बासी आक्रोसित भई त्यस सडकमा आईतबारदेखि सवारी आगमन समेत बन्द गरेका छन् ।

समयमै काम नसक्ने ठेकेदारवाला कम्पनीलाई जेल हाल्ने चर्को भाषण गर्ने सरकार कहाँ छन् ? अत्यधिक सवारीको चाप भएको यस मुल सडकमा एक महनिासम्म पनि सडकको यस किसिमको दुरावस्थाप्रति सम्बन्धीत निकाएले चासो किन दिंदैन ? राज्यको ध्यान तत्काल जान जरुरी छ । यसप्रति हाम्रो निगरानी जारी रहनेछ ।

तस्विरः मनोरथ नेपाल

प्रतिक्रिया दिनुहोस्