पश्चिमीर स्थानीय वायुको आंशिक प्रभावः तराईमा मौसम सफा, हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १२ बैशाख । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भई केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तराई भेगमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र तराई भू(भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ।

कोशी प्रदेश लगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू(भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित मध्यम सम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। राति देशको हिमाली भू(भागमा साधारणतया बादल लाग्ने र पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षारहिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्