बिबेक रेस्टुरेण्ट एण्ड लजमा आगलागी हुँदा होटलकै कामदारको जलेर मृत्यु
काठमााडौंं, १२ बैशाख । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड बजारमा रहेको बिबेक रेस्टुरेण्ट एण्ड लजमा आगलागी हुँदा होटलकै कामदारको जलेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार, आगलागीमा परेर होटलमै सुतिरहेका डडेल्धुराको आलिताल गाउँपालिका घर भएका मिनबहादुर बोहराको मृत्यु भएको हो । शुक्रबार राति पौने १ बजेतिर उनी सुतिरहेको कोठामा आगलागी भएपछि जलेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घोडाघोडी नगरपालिकाको दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिएको थियो । प्रहरीकाअनुसार बोहराले लामखुट्टे भगाउन बालेको अण्डाको क्रेटबाट आगलागी भएको हुनसक्ने देखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।











प्रतिक्रिया दिनुहोस्