शुक्लागण्डकी शेराटारमा बस दुर्घटनामा परी २ जनाको ज्यान, २७ घाईते उपचार हुँदै
काठमााडैं, ११ बैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ शेराटारमा भएको बस दुर्घटनामा परी २ जनाको ज्यान गएको छ भने घाइते २७ जनालाई पोखरा रिफर गरिएको छ ।
पोखरादेखि भैरहवाका लागि छुटेको ग २ ख १८३६ नम्बरको बस शेरामा दुर्घटना भएको हो । दुर्घटनामा परेका ३१ जना उपचारका लागि जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्र बेलचौतारा लगिएको थियो । बसमा ३२ जना सवार थिए ।
दुर्घटनामा घाइतेको उपचारकै क्रममा २ जनाको ज्यान गएको र उनीहरुको थप परिचय संकलनकै क्रममा रहेको उपचार केन्द्रका प्रमुख डा। रामकुमार श्रेष्ठले जानकारी दिए ।
उपचार केन्द्रमै रहेका पत्रकार विनोद ढुंगानाका अनुसार १ जनाको त्यहीँ उपचार भइरहेको छ भने १ जना डिस्चार्ज भइसकेका छन् ।
घाइते २७ जनालाई अस्पताल र आसपासमा उपलब्ध एम्बुलेन्स, शवबहान, ट्याक्सी, माइक्रो लगायतमा गरेर थप उपचारका लागि मणिपाल पु¥याइएको पत्रकार ढुंगानाले जानकारी दिए । घाइतेलाई घटनास्थलबाट स्कुल बसमा अस्पतालसमम पुर्याइएको थियो ।











प्रतिक्रिया दिनुहोस्