सुन चाँदी दुबैको मूलय घट्यो
काठमाडौं, ९ बैशाख । नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ८०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला तीन लाख एक हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस दिन चाँदी प्रतितोला पाँच हजार १३० रुपैयाँ खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला पाँच हजार १६० रुपैयाँ खरिदबिक्री भएको थियो।














प्रतिक्रिया दिनुहोस्