कोरियन भाषा परीक्षाको नतिजा असार १६ मा प्रकाशित हुने

काठमाडौं । सन् २०१९ को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जनाले सहभागी भएका छन् । ईपीएस कोरिया शाखाले दिएको प्रारम्भिक तथ्यांकअनुसार फारम भरेका ७ हजार ३ सय ९८ जना परीक्षामा अनुपस्थित रहे ।
कुल ८२ हजार २ ६४ जनाले परीक्षाका लागि आवेदन भरेका थिए ।
यो वर्ष नक्कली परीक्षा दिने र दिन लगाउने २४७ जना विभिन्न परीक्षा केन्द्रहरुबाट पक्राउ परेको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । ‘शान्तिपूर्ण रुपमा परीक्षा सकिएको छ । कुनै प्राविधिक समस्या आएनन,’ भण्डारीले भने ।

यो वर्ष काठमाडौं र पोखरामा परीक्षा सञ्चालन भएको थियो । शनिबार र आइतबार भएको परीक्षाको नतिजा आगामी आसार १६ गते प्रकाशित हुनेछ । कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने भएकाले नतिजा आउन धेरै समय लाग्दैन ।
यो वर्ष कोरियाले ७ हाजर १ सय नेपाली कामदार लैजाने गरी कोटा निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्