सुनको मूल्य बढेको छ, भने चाँदी

काठमाडौं, ८ बैशाख । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको हो भने चाँदी तोलामा ३० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला दुई लाख ९९ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदी प्रतितोला पाँच हजार १६० रुपैयाँ खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला पाँच हजार १९० रुपैयाँ खरिदबिक्री भएको थियो।

प्रतिक्रिया दिनुहोस्