उपकुलपतिहरूलाई प्रधानमन्त्री बालेनले भने– सहयोग गर्न तयार छु
काठमाडौं, ७ बैशाख । प्रधानमन्त्री बालेन शाहले विश्वविद्यालयमा अफ्ठ्यारो परेमा सहयोग गर्ने बताएका छन् । सोमाबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उपकुलपतिहरूसँग उनले सहयोग गर्ने बताएका हुन् ।
‘प्रधानमन्त्रीज्यूले कुनै किसिमको अफ्ठ्यारो भएमा सहयोग गर्छु भन्नु भएको छ,’ छलफलमा सहभागी एक उपकुलपतिले भने ।
प्रधानमन्त्री शाहले ११ वटा विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई बोलाएका थिए ।
प्रधानमन्त्री बालेन विश्वविद्यालयहरूका कुलपतिसमेत हुन् ।














प्रतिक्रिया दिनुहोस्