सुनचाँदी दुवैको मूल्य सामान्य बढ्यो

काठमाडौं, ३ बैशाख । नेपाली बजारमा बिहीबार पनि सुनचाँदी दुवैको सामान्य मूल्य बढेको छ। यस दिन सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुनको मूल्य तीन लाख २ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला पाँच हजार २ सय ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला पाँच हजार २ सय २० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्