आज सुनचाँदी दुवैको मूल्य बढ्यो
काठमाडौं, २ बैशाख । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला दुई हजार ९०० रुपैयाँ र चाँदी तोलामा १५५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुनको मूल्य दुई लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला चार हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला पाँच हजार ६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।














प्रतिक्रिया दिनुहोस्