आज सुनचाँदी दुबैको भाउ घट्यो

काठमाडौं, ३० चैत । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ सामान्य घटेको छ । सुनको भाउ तोलामा ४ सय रुपैयाँ मात्रै घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

समग्रमा विगत एक सातामा सुनको भाउ ५ हजार ३ सय रुपैयाँ बढेको छ । गत सोमबार २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ७५ रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९०० रुपैयाँमा झरेको छ । गत सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्