भारतीय चर्चित गायिका आशा भोसलेको निधन
काठमाडौं, २९ चैत । भारतीय चर्चित गायिका आशा भोसलेको निधन भएको छ । आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले गायिका भोसलेको निधन भएको पुष्टि गरेका हुन् ।
आशा भोसलेलाई कार्डियक अरेस्ट भएपछि शनिबार अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनका गीतहरू पुस्तौँसम्म लोकप्रिय रहँदै आएका छन् ।
उनको निधनसँगै भारतीय संगीतले एउटा महत्वपूर्ण युग गुमाएको छ । गायिका भोसलेको निधनको खबर उनका छोरा आनन्दले आइतबार दिउँसो पुष्टि गरेका छन् । भारतीय संचारमाध्यमले पनि उनको निधनको खबर लेखेका छन् । उनी ९२ वर्षकी थिइन् ।














प्रतिक्रिया दिनुहोस्