नेप्सेमा पहिरो : उच्च अंकले घट्ने संकेत दखियो

काठमाडौं । शेयर बजारमा भारी अंकको गिरावट हुने देखिएको छ । साताको पहिलो दिन आइतबार कारोबार शुरु भएको केहिबेर हरियो देखिएको शेयरबजार २० मिनेट पनि टिक्न सकेन ।

१२ सय ५७ दशमलव ०९ अंकबाट शुरु भएको कारोबार १२ बजेर ३० मिनेट सम्म जादा १३ दशमलव २५ अंकले घटेर १२ सय ४३ दशमलव ८२ अंकमा आइपुगेको छ । यस अघि बजार घटेर १२ सय दशमलव १० अंकमा आइपुगेको थियो । यस अवधिमा कारोबार रकम भने ९ करोड ७६ लाख ३० हजार ३३० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्