आज पनि सुनचाँदी दुवैको मूल्य बढ्यो
काठमाडौंं, २७ चैत। नेपाली बजारमा सुनचाँदी दुवै धातुको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी तोलामा ८५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुनको मूल्य दुई लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला चार हजार ९६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला चार हजार ८७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।














प्रतिक्रिया दिनुहोस्