संघीय संसद्को दुबै सदनको अधिवेशन आजदेखि अन्त्य हुने, राष्ट्रपति पौडेलले सम्बोधन गर्दै

काठमाडौं, २७ फागुन । संघीय संसद्को दुबै सदनको अधिवेशन आजदेखि अन्त्य हुने भएको छ । आज मध्यरात १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य हुन लागेको हो ।

चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरिसकेका छन् ।

चालु अधिवेशनको अन्तिम बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ ।

निर्वाचनपछिको संघीय संसद्को पहिलो बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था छ ।

२१ फागुनको निर्वाचनपछि संसदको पहिलो बैठक चैत १९ गते बसेको थियो ।

चालु अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्