सुन र चाँदी दुबै धातुको भाउ घट्यो

काठमाडौं, २६ चैत । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुबै धातुको भाउ घटेको छ । सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५० रुपैयाँ घटेको हो । हिजो प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८७५ रुपैयाँमा झरेको छ । ।

प्रतिक्रिया दिनुहोस्