बजारमा सुनचाँदी दुवैको मूल्य बढ्यो
काठमाडौं, २५ चैत। आज नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ। यसदिन सुन प्रतितोला सात हजार २०० रुपैयाँ र चाँदी तोलामा २०४ रुपैयाँले बढेको छ। सुनचाँदीको मूल्य निरन्तर बढ्दै बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुनको मूल्य दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला पाँच हजार २५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला चार हजार ८२० रुपैयाँमा खरिदबिक्री भएको थियो । मुल्य वृद्धिले ग्राहकलाई निकै समस्या पारेको छ ।














प्रतिक्रिया दिनुहोस्