आजदेखि बजेटका बारेमा मन्त्रालयगत शीर्षकमा छलफल

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को बजेटमाको बारेमा आजबाट मन्त्रालयगत शीर्षकमा छलफल सुरु हुने भएको छ । त्यसका लागि बिहान ११ बजेदेखि नै प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

आईतबार पहिलो दिन सन्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि भूमि व्यवस्था तथा सहकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेटमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म बजेटका बारेमा मन्त्रालयगत शीर्षकमा छलफल हुने छ । यो छलफल असार १ गते सक्ने लक्ष्य छ । त्यसपछि विभागीय मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुने छ र जवाफ दिइसकेपछि असार मसान्तभित्र बजेट पास गर्ने तयारीमा सरकार जुटेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले यही जेठ १५ गते १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको बजेट संघीय संसदमा पेश गरेका थिए । त्यसलाई कार्यान्वयनका लागि मन्त्रालयगत छलफलल सहयोग पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्