नेपाल लाइफको मुनाफामा २०१ प्रतिशतको बढोत्तरी

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी दिनप्रतिदिन झन झन सबल बन्दै गएको छ । कम्पनीले सार्वजानिक गरेको चालू आर्थिक वर्षको वित्तीय प्रतिवेदनले सो कुराको पुष्टि गरेको छ ।

कम्पनीले २०१ दशमलव १९ प्रतिशतले मुनाफा वृद्धि गरेको छ । गत आर्थक वर्षको पहिलो त्रैमासमा ५ करोड ८९ लाख मुनाफा गरेको कम्पनीले समिक्षा अवधिमा १७ करोड ७४ लाख खुद नाफा कमाएको छ ।

बीमा कम्पनीले तोके बमोजिमको चुक्तापूँजी पुर्याईसकेको कम्पनीले जगेडा कोषमा ४ अर्ब ८६ करोड रुपैयाँ राखेको छ । त्यस्तै कम्पनीको जीवन बीमा कोष समेत ३४ अर्ब २८ करोडबाट बढाएर ४३ अर्ब ३६ करोड पुर्याएको छ, भने महाविपत्तीकोषमा १५ करोड ६७ लाखबाट बढाएर २६ करोड ५४ लाख रुपैयाँ पुर्याएको छ ।

सार्वजानिक वित्तीय विवरण अनुसार कम्पनीले यो अवधिमा ३ अर्ब ८० करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने हालसम्म ५६ अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्