आज सुन र चाँदीको दुबैको भाउ बढ्यो, सुन तोलामा ७ हजार ४ सय रुपैयाँ बढ्यो
काठमाडौं, १८ चैत। आज (बुधबार) सुनको भाउ तोलामा ७ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९० हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
समग्रमा विगत एक सातामा सुनको भाउ ९ हजार १ सय रुपैयाँ बढेको छ । गत बुधबार २ लाख ८८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १०० रुपैयाँ बढेको हो । हिजो प्रतितोला ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९४५ रुपैयाँमा पुगेको छ । गत बुधबार चाँदी प्रतितोला ४ हजार ४९२० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा केही दिनयता सुनचाँदीको भाउ बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको छ ।














प्रतिक्रिया दिनुहोस्