यातायात कार्यालय परिसरबाट १६ जना बिचौलिया पक्राउ

काठमाडौं, १७ चैत । काठमाडौंका विभिन्न यातायात कार्यालय परिसरबाट आज १६ जना बिचौलिया पक्राउ परेका छन् ।

सेवाग्राहीहरूको सवारी दर्ता किताब ९बिलबुक० नवीकरण गरिदिने भन्दै सेवा प्रवाहमा बाधा विरोध गरेको र सेवाग्राहीहरूलाई अनावश्यक हैरानी दिने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकाहरूबाट १ लाख २२ हजार नगद र ५३ थान बिलबुक बरामद गरिएको प्रहरी स्रोतले बतायो ।

प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङस्थित यातायात कार्यालयबाट पक्राउ गरेका व्यक्ति
१। जिल्ला रौतहट घर भएको वर्ष ३६ को बल बहादुर सुनार

२। जिल्ला रामेछाप, उमाकुण्ड गाउँपालिका ४ घर भएको वर्ष ३९ को विज्ञान राई

३। जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिका ९ घर भएको वर्ष ३१ को संजय राजवाहक

४। जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका १ रानिवन घर भएको वर्ष ३६ को विमल तामाङ

५। जिल्ला रामेछाप, खाँडादेवी गाउँपालिका ७ घर भएको वर्ष ३५ को रमेश कार्की

६। जिल्ला कैलाली, टिकापुर नगरपालिका ९ घर भएको वर्ष ६० को सुमन प्रशाद श्रेष्ठ

७। जिल्ला नुवाकोट, बेलकोटगढी नगरपालिका १२ घर भएको वर्ष ३९ को उद्धब खनाल

८। जिल्ला धादिङ, निलकण्ठ नगरपालिका ५ घर भएको वर्ष ३६ की कल्पना लम्साल

प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट पक्राउ गरेकाहरू
१। जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १४ कुलेश्वर घर भएको वर्ष २५ को पासाङ तामाङ

२। जिल्ला काभ्रे, तेमाल गाउँपालिका ८ घर भएको वर्ष ३० को शुनिल लामा

३। जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका ६ घर भएको वर्ष २३ को सुदिप मगर

४। जिल्ला धादिङ, थाक्रे गाउँपालिका ४ घर भएको वर्ष २० को बुद्ध तामाङ

५। जिल्ला मकवानपुर, थाहा नगरपालिका ९ घर भएको वर्ष २६ को सुमेश नेपाली

६। जिल्ला धादिङ, थाक्रे गाउँपालिका ४ घर भएको वर्ष २४ को अमन तामाङ

७। जिल्ला बझाङ, तलकोट गाउँपालिका ४ घर भएको वर्ष १८ को उज्वल सिंह

८। जिल्ला मोरङ, केराबारी गाउँपालिका ५ घर भएको वर्ष २६ को दिलिप राई

प्रतिक्रिया दिनुहोस्