सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको लागि प्रमुख कार्यकारी अधिकृतकाको दरखास्त आह्वान

काठमाडौं, १७ चैत । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको लागि प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान गरिएको छ ।
संस्थाले आज एक सूचना प्रकासित गर्दै नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको ईजाजत पत्र प्राप्त राष्ट्रियस्तर कार्यक्षेत्र भएको वित्तीय संस्थाका लागि प्रमुख कार्यकारी अधिकृत (Chief Executive Office) आवश्यकता भएको जनाएको छ । संस्थाले देहायको योग्यता पुगेका ईच्छुक योग्य नेपाली नागरिकले निवेदनका साथ हालसालै खिचेको पासपोर्ट साईजको फोटो, नेपाली नागरिकताको प्रतिलिपि, बायोडाटा, शैक्षिक तथा अनुभव प्रमाणका प्रतिलिपीसहित आवेदन दिन आह्वान गरेको हो ।

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको ठेगानामा आवेदन दिनुहुन सम्वन्धित सबैको जानकारीका लागि यो सूचना आह्वान गरेको संस्थाले जनाएको छ ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृतको लागि ३५ वर्ष पुरा भई ५८ वर्ष ननाघेको हुनु पर्नेछ । यस्तै चार्टड एकाउण्टेन्सी वा व्यवस्थापन बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, कृषि, समाजशास्त्र वा कानुन विषयमा स्नाकोत्तर उपाधि हाँसिल गरी बैकिङ तथा वित्तीय क्षेत्र, सहकारी, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तराष्ट्रिय संघ वा संस्थाको व्यवस्थापकीय श्रेणीमा रहि कम्तीमा १० वर्षको कार्यअनुभव वा उल्लेखित विषयमा स्नातक उपाधि हाँसिल गरी बैकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तराष्ट्रिय संघ वा संस्थाको व्यवस्थापकीय श्रेणीमा कम्तीमा १५ वर्षको कार्यानुभव भएको हुनुपर्ने संस्थाले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

यस्तै तलब तथा अन्य सुविधा आपसी समझदारीमा तय गरिनेछ । व्यवसायीक योजना, प्रस्तुतीकरण तथा अन्तर्वार्ताबाट छनौट गरिने कम्पनीले जनाएको छ ।
रितपूर्वक प्राप्त दरखास्तहरु मध्येबाट छनोट सूचीमा (Short List) मा परेका उम्मेदवारहरुलाई मात्र कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि सम्पर्क गरिने र कर्मचारी छनौट सम्वन्धि सम्पूर्ण अधिकार तथा निर्णय संस्थामा निहीत रहने समेत सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्