आज सुन तोमामा पाँच हजार रूपैयाँ बढ्यो

काठमाडौं, १६ चैत । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ बढेको छ।

शुक्रबार प्रतितोला चार हजार ६ सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला पाँच हजार रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८६ हजार रूपैयाँमा किनबेच भइरहेको छ।

शुक्रबार सुन प्रतितोला दुई लाख ८१ हजार रूपैयाँमा कारोबार भएको थियो। यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ।

शुक्रबार प्रतितोला चार हजार ६ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला चार हजार सात सय २० रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्