पूर्वी नेपालबाट मनसुन प्रवेश

काठमाडौं । यस वर्षको मनसुन शुक्रबार पूर्वी नेपाल हुँदै प्रवेश गरेको छ । गत वर्ष १२ जुनमा प्रवेश गरेको मनसुन यस वर्ष चार दिनअघि नै नेपाल प्रवेश गरेको हो । नेपालमा सामान्यतया १० जुनमा मनसुन प्रवेश गरी २३ सेप्टेम्बरमा सकिन्छ ।

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पूर्वबाट पश्चिमतिर बहन थालेको मौसमविद् सुवास रिमालले बताए । ‘पूर्वी नेपालबाट मनसुन प्रवेश गरे पनि जलवाष्पयुक्त हावा ‘नर्मल’ खालको देखिएको छ ।’ मौसमविद् रिमालले भने, ‘अघिल्ला वर्षको भन्दा जलवाष्पयुक्त हावा राम्रो देखिन्छ ।’ पूर्वी नेपालमा जलवाष्पयुक्त हावा पृथ्वीदेखि तीन किलोमिटरमाथि देखिने गरेकोे रिमालले बताए ।

देशैभर मनसुन सक्रिय हुन एक सातासम्म लाग्ने उनको भनाइ छ । नेपालमा मनसुन पूर्वी नेपालबाट प्रवेश गरी पश्चिम नेपालसम्म पुग्छ । मनसुनको अन्त्य पश्चिम नेपाल हुँदै पुनः पूर्वी नेपाल पुगी अन्त्य हुन्छ । नेपालमा मनसुनका वेला ८० प्रतिशतसम्म वर्षा हुन्छ । बाँकी अन्य समयमा पर्ने गर्छ ।

पाँच नदीको पूर्वसूचना तीन दिनअघि नै दिइने
मनसुनका वेला अत्यन्तै क्षति पु(याउने पाँच नदीको पूर्वसूचना तीन दिनअघि नै दिने गरी सरकारले तयरी गरेको छ । कोसी, नारायणी, बाग्मती, पश्चिम राप्ती र कर्णाली नदीको अवस्थाबारे तीन दिनअघि नै पूर्वसूचना दिने गरी संयन्त्र बनाइएको हाइड्रोलोजिस्ट पराजुलीले बताए ।

प्रतिक्रिया दिनुहोस्